Skip to main content

Posts

Showing posts from March, 2015

आफ्नै भाईसँग एक पल

Suman Rai (Right) with Bishop Dr. Narayan Sharma (एक सँस्मरण) मैले उहाँलाई भाई भन्न त पक्कै नमिल्ने हो कि जस्तो लाग्छ; उमेरको हिसाबले मात्र नभएर धेरै कुराको तुलनामा म त उहाँको नाति सरहको मान्छे । तर, हरेकपटक जब ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रम सुन्छु उहाँ ‘म तपाईहरुको आफ्नै भाई.....’ भन्दै कुरा सुरु गर्नुहुन्छ । अनि त ‘भाई’ भन्नै प¥यो; कि कसो ? खै ! भाईले त मलाई चिन्छन् कि चिन्दैनन्, तर उहाँलाई म धेर–थोर चिन्दछु । चिनजान हुनु नै ठूलो कुरो त पक्कै होइन तर ‘आत्मिक यात्रा’ कार्यक्रमकै कारणले किन–किन भाईलाई साह्रै नजिकको मान्छे लाग्छ ।

‘खेलौना’ र ‘स्मिता थापा’

(२०६९ साल, माघ २९ गतेको ‘पूर्वसन्दश दैनिक’मा प्रकाशित)  राजेन्द्र थापाद्वारा लिखित उपन्यास ‘खेलौना’ पढियो । हाम्रो समाजले ‘सेक्स’प्रति राखेको संकुचित विचारको पर्दा च्यात्ने साहस गरेकै हुन् लेखकले । पढ्दै जाँदा प्रकाशनमा धेरै हतार गरिएको आभाष भयो, यद्यपि पुस्तकको अन्त्य राम्ररी भएको छ । ३० दिनमा लेखिएको रहेछ, कतै लेखकले एकरातमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्ने महाकविसँग आफूलाई तुलना गर्न खोजेका हुन् कि ! अहिले यो पुस्तक अधिक विक्री हुनुमा कारण यो पनि छ कि यो पुस्तक लेखिँदै गर्दा नै विभिन्न तरिकाबाट विज्ञापन गरिएको हो । जब कि प्रायः पुस्तकहरु प्रकाशनपछि मात्र बाहिर प्रकाशमा आउँछन् । 

स्वर्गदूतसँग भेट

(कविता) एउटा स्वर्गदुतले मलाई पछ्याईरहेछ मेरो वरिपरी घुम्दै, मलाई घुरेर हेरिरहेछ । कहिले– मलाई अगाडि जान दिन्छ अनि ऊ पछाडि छोडिन्छ फेरि उडेर गई अगाडि मलाई पर्खिबस्छ । विशेष रमिता हुँदैछ– मेरो आँखाको लागि; उसको त्यो स्वर्गीय सुन्दरता, उसका ती मनमोहक पखेटा ।

संगतिको तिर्सना

Tweet म एकपटक एउटा पोखरीमा पुगेँ ।  पानी सफा थियो । तर, त्यहाँ केवल तीनवटा माछा थिए । ती तीन माछा यताबाट उता पौडिन्थे, उताबाट यता पौडिन्थे । पोखरीको चारकुनामा ठोक्किन्थे । उनीहरु छटपटाइरहेका जस्ता, डराएर लुक्न खोजेजस्ता, केही खोज्दा केहीपनि भेट्न नसकेकाजस्ता देखिन्थे ।  कुन्नी खै ! उनीहरु के खोजिरहेछन् मैले केही पत्तो पाउन सकिँन । कुनैदिन फेरि म अर्को पोखरीमा पुगेँ । पोखरीको साइज पहिलाको जस्तै लगभग उस्ता–उस्तै थियो । तर फरक के थियो भने यस पोखरीमा थुप्रै अनगिन्ति माछाहरु रहेछन् ।

हामी भेडाहरु

Tweet हामी भेडाहरु– हरियो खर्कमा चराइएका, शान्त पानीको छेऊमा डो¥याइएका । अझ भनौँ– येशूको रगतले किनिएका हामी येशूका भेडाहरु । हामी भेडाहरु अन्जान छौँ, हामी भेडाहरु अबोध छौँ, गोठालोले भनेको सुन्नु हाम्रो कर्तव्य होइन र ! यसैले हाम्रो के दोष ? दोष त तिनै नेता भेडाहरुको छ, जो भेडाहरुको भेषमा ब्वाँसो बनेर आएकाछन् ।

के हामीले हाम्रो मुक्ति कहिल्यै गुमाउनेछैनौँ ?

Tweet येशूमा पाइने पापक्षमा (मुक्ति–उद्धार)मा विश्वास गरेर मृत्युबाट पार भएर अनन्त जीवनमा तपाईं–हामी सरिसकेकाछौँ । जँगली जैतुनको हाँगा भएर पनि असल दाखको बोटमा कलमी बाँधिएकाछौँ । अब हामी खाएपनि, हिँडेपनि, बाँचेपनि, मरेपनि येशूको लागि गर्छौँ । अब हामीले प्रस्तुत गर्ने हरेक क्रियाकलाप कुनै न कुनै रुपमा येशूसँग सम्बन्धित हुने नै भयो । हामी त आफ्नै होइनौँ, बरु मोल तिरेर किनिएका येशूका दासहरु पो हौँ त । यसरी येशूको नाऊँमा विश्वास गर्दा उद्धार पाइसकेको भन्दैमा हामी पुनः हाम्रो पुरानो स्वभावका खराब कामहरु दोहो¥याउनु मिल्छ ? अब अविश्वासी हुँदा पनि नगरेको काम विश्वासी भइसकेपछि गर्भपतन (गर्ने–गराउने) वा आत्महत्या गर्ने जस्ता पापहरु गर्दापनि के हाम्रो मुक्ति सुरक्षित छ त ? वा के यति सजिलै स्वर्ग छिर्न पाउँनेछौँ ?

इक ख्वाम्ल्वाःल्वाम साइँला

Tweet आम्से काम आबालो चिक्बुन्चो–ठ्वामुन्चो योर ¥याउमेङ् तिम् । आम परे पासाक आरान्चो ट्वाम–ब्अीम्ता पासि आड्अुचो बामै है थापुतिचो । आम् निख्वा नुम्भोम् योर तिम् । ख्वाम्ल्वाल साइँला लाई उङ्गु हिब्बेङ् दा आबा; आसतिवाँइ आम्सेख्वाल योर आङ्ग बारेल ठोम्याङ् बाम् । ‘स्याल या आँ उमेरल्वा घ्वार्ले पातुम् द्यान्साक दा सप्पैख्वा चिक्बुन्चेस तिम् । ख्वाम्वाल साइँला या आँ जमानालो साह्रो रान्चो मुयो द्याम् । आन्तिच्वाँ हुरीलो राइसेम आँ क्वाफू बाक्च्वा, स्वाफू बाक्च्वा आङ्गुस बामेङ् द्याम् । इम्सेम् मुयोलाई साल्बेख्वा आदाक्चाम दाः योर से आबा आत्तिक्याः ! कि आसेकेऊ ? आँज्यास् निकै रिबेतिच्वाङ् ट्वाम्ल्वा बामेङ् ह्वाला द्यान्साख उङ् मुई विचार पाइसिम् । भाना भाताल हाल्चाल, भोज–भतेर, जातुर ल्वा आँ योर पाचाल निख्वा रिबे तिच्वाङ् कुलि इम्सेस् झासिम् थिः द्याम् । आम्सेः ब्अीम्चाल दाँमा याः आङ्गु सेङ् ह्याण्डसम दुम्सिवाँइ हुन्या द्यान्साक मुई आरिस के पाइसिमेऊ !

चलाख पत्रुसको कथा

Tweet पत्रुस प्रभु येशूका एक चेला थिए । भनिन्छः उनी चञ्चले थिए; उनमा आत्मसंयमको कमी थियो; उनी हतारमा बोल्थे; अरु यस्तै त्यस्तै । एकपटक उनले बालकले जस्तै तर्क गरे; जतिखेर एउटा पहाडमा येशूको रुप चम्किलो भयो, त्यतिखेर मोशा र एलिया प्रभु येशूसँग बाचचित गरिरहेका पत्रुसले देख्यो । उसले भन्योः ‘.....म यहाँ तीनवटा वासस्थान बनाउनेछु, तपाईहरु तीनजनाको लागि’ (मत्ती १७ः४) । येशूले आफ्नो मृत्युको विषयमा बोल्नुहुँदा उनै पत्रुसले भनेका थिएः ‘मैले तपाईंसँग मर्नुपरे तापनि म तपाईलाई इन्कार गर्नेछैन’ (मत्ती २६ः३५)। तर, येशू पक्राऊ पर्नुभएकै रात भाले बास्न अघि पत्रुसले प्रभुलाई तीनपल्ट इन्कार गरे । उसको विचारै नगरी बोल्ने बानीको कारणले प्रभु येशूले उनलाई ‘शैतान’को उपनाम दिएर पनि हप्काउनुपरेको थियो (मत्ती १६ः२३)।