Skip to main content

Posts

मेरो डायरीः जीन्दगीका पाना–४

३१–जेठ, आइतबार, २०७२ स्थानः दर्बेशा–९, रन्जनी–मोरङ्ग आज यो डायरी बिल्कुल नयाँ ठाऊँबाट लेख्दैछु । म कामको सिलसिलामा मोरङ्ग जिल्लाको देर्वेशा गा.वि.समा आईपुगेको छु  । अफिस बवियाविर्ता गा.वि.स लक्ष्मीपुरमा छ । सँस्थाको नाम ‘लुथरन सामुदायिक कल्याण्कारी समाज’ हो । यहाँ म एःभ्म् अफिसरको रुपमा नियुक्त भएको छु । यहाँसम्म आउनको लागि हरेक दिन एउटा बस विराटनगरबाट दिउँसो २ बजे इटहरी हुँदै यहाँ आइपुग्दो रहेछ । म पनि त्यहीँ गाडीमा आज आइपुगेँ ।  जागिरमा छनोटः करिब एक महिना अघि फेसबुकमा विमल सरसँग कुरा हुँदा उहाँले ‘आजभोली तपाईँ फ्री नै हो ?’ भनेर सोध्नुभयो । म फ्री नै थिएँ । किनकी वल्र्ड भिजनमा इन्टर्नशिपबाट बिदा भएको पनि गत सेप्टेम्बरमा हो । अब अरु एक वर्ष बित्न आँटिसक्यो । यो बिचमा अरु केही एनजीओ र आईएनजीओ  मा एप्लाई नगरेको होइन, तर म छनोटमा परिँन । म तत्कार विदेश जाने सोचमा त थिइँन तर कामहरु भनेजस्तो नमिल्दा अब चाँडै पासपोर्ट बनाउनुपर्ने हो कि ! भनेर सोच्न थालेको थिएँ ।

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota, Coordinator: IFES Past: General Secretory of  NBCBS ...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।

भुकम्पका धक्काहरु...

 (एक अनुभव) मैले जीन्दगीमा महशुस गरेका भुकम्पका धक्काहरुको केही सँस्मरण यहाँ लेखेको छु । फुर्सद हुने र रुची हुनेले मात्र पढ्नुहोला । मनको खसखस थाम्न नसकेर मात्र शेयर गर्न खोजेको हुँ । १. पहिलो धक्काः म सानै थिएँ, करिब ११–१२ वर्षको । दिउँसोको समयमा म घरको बुइगलमा उत्तानो परेर खरको छानो हेर्दै टोलाइरहेको थिएँ । अचानक छाना ‘क्र्याच्यक्क’ गर्दै यता–यता उता स¥यो । म तर्सिएँ । यत्तिकैमा मास्तिर घरमा फुपु ‘भुइँचालो आयो है’ भन्दै चिच्याउनुभयो । तर अरु केही भएन । सायद अरु गाउँभरिकै मान्छेले पनि थाहा पाएनन् । कतै रेडियोमा पनि समाचार सुनिएन ।

भुकम्प र हेलिकप्टर

(कविता) भत्केको घरसँगै मन खंग्रिएको छ । यहि घरको चिर्पटमुनि किचिएर प्रियसी छोरीलाई दुध चुसाउँदैछिन् । तीन दिन भयो– भुकम्प आएर गएको । घरि–घरि ढुङ्गाको थुप्रोमाथि उक्लेर प्रियसी र छोरीलाई बोलाउँछु– तर उनीहरु मलाई ‘हजुर बाबा !’ भन्दैनन् । सुखी रै‘छन् उनीहरु........ हाय ! यी श्रापित दिनहरु ! उनीहरुले देख्नै पाएनन् ।

संसारिक सुखको कुहिरोमा हराएको प्रेम

www.merokalam-suman.blogspot.com संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।