प्रभु येशूको अघिपछि प्रायः भीड हुन्थ्यो । निको हुनलाई मात्र भीडले उहाँलाई पछ्यायो वा परमेश्वरको योजनामा मानिसहरु भेला हुन्थे, त्यो कुरा १२ प्रेरितहरुले नै जानुन् । एकपटक येशूले भीडलाई परमेश्वरको राज्यको बारेमा सुनाउँदा–सुनाउँदै दिन ढल्कन लाग्यो । न त सुनाउनेको, न त सुन्नेहरुको धीत म¥यो, व्यवस्थापनमा खटेका चेलाहरुलाई उकुस–मुकुस पर्न थाल्यो । किनकी, उनीहरु निर्जन ठाउँमा थिए र करिब ५ जना पुरुषहरु (कतिपय उनीहरु आफ्नो परिवार सहित पनि आएका हुनसक्छन्) को निम्ति भोजनको खासै उपाय थिएन । अन्त्यमा चेलाहरुले येशूलाई ‘भीडलाई अब बिदा दिनु’ भनी सुझाए । तर येशूले ‘तिमीहरुले नै तिनीहरुलाई खान देओ’ भन्नुभएपछि चेलाहरुले अब बजारमा गएर भोजन किनेर ल्याउनुपर्ने बोझको महशुस गरे । तर येशूले उनीहरुसँग उपलब्ध ५ रोटी र २ माछाबाट नै ५ हजार जनालाई तृप्त पार्ने उपाय निकाल्नुभयो । आखिरमा सबै तृप्त भइसकेपछि पनि उबे्रका टुक्राहरु बटुल्दा उल्टै १२ डाला जति भयो । (लुका ९ः१०–१७) । यो एउटा चमत्कार थियो, वा भनुँ यहोवा यिरेको एउटा काम गर्ने स्टाइल ।
एक विवाह भोजमा सोमरस (दाखमद्य) सकिएपछि येशूले घ्याम्पाहरु भरि पानी भर्न लगाउनुभयो । त्यहीँ पानी उघाएर भोजका मुखियाकहाँ लगियो र मुखियाले चाखिहेर्दा त्यो असल सोमरस भइसकेको थियो । यसरी त्यो खोलाको पानी (कुनै इनार वा आहालको पनि हुनसक्छ), जुन प्राप्त गर्न गाह्रो थिएन, त्यसैलाई नै दाखमद्यमा परिणत गर्नुभयो (युहन्ना २ः१–११)। तर नेपालमा क्रिश्चियनहरुलाई सोमरस पिउन वर्जित छ । अहिलेलाई यो कुरा यहीँ छोडुँ । भन्न खोजिएको के भने येशूले आफ्ना वरिपरी उपलब्ध भएको स–साना, थोरै कुराहरुबाट नै आफ्नो महिमा प्रकट गर्नुभयो । अरु घटनाहरु पनि त्यस्तै छन्, जस्तै कि एकजना अन्धालाई दृष्टि दिनको लागि माटोको लेप लगाईदिएर सिलोआमको पोखरीमा मुख धुन लगाएर दृष्टि दिनुभयो (युहन्ना ९ः१–१२)। प्रभु येशुले यात्राको लागि पुष्पक विमान मगाउनुभएन तर डुङ्गा खियाउनुभयो, बरु गधामाथि चढ्नुभयो ।
मिश्रमा दासत्वमा परेका, त्यहीमाथि हठी स्वभावका इस्रायली जातिहरुको छुटकाराको लागि परमेश्वरको योजना पूरा गर्न नेताको रुपमा मोशाको बोलाहट भयो । वास्तवमा उनी जलिरहने तर भस्म नहुने पोथ्रालाई रमाइलो मान्दै हेर्ने विचार गर्दा परमेश्वरले यति ठूलो अभिभारा दिनुभयो कि उनी त्यसबाट तर्किन निकै वहाना
बनाए । घरि शंका–उपशंका व्यक्त गरे, आफू बोल्नमा सिपालु नभएको स्वीकारे, अन्त्यमा ‘अरुलाई नै पठाउनुहोस्’ भनेर परमेश्वरमा बिन्ति गरे । मोशा परमेश्वरबाट नै पठाइएको हो भनेर इस्रायलीहरुलाई विश्वास दिलाउनको निम्ति परमेश्वरले मोशाले हातमा बोकेको लठ्ठी लाई नै चिन्हको रुपमा प्रयोग गर्नुभयो । उक्त लठ्ठी भुइँमा फ्याँक्दा सर्प हुन्थ्यो र पुच्छरमा पक्रिँदा पुनः लठ्ठी नै हुन्थ्यो (प्रस्थान ४ः१–५)। अन्ततः मोशा तयार भए र परमेश्वरको योजना पूरा गर्न कम्मर कसे । त्यहीँ लठ्ठीको सहायतामा मोशाले लाल समुन्द्रलाई दुई भागमा बाँडे र इस्रायलीहरु समुन्द्रको बीचमा पनि सुख्खा जमिनमा हिँडेर पारी तरे (प्रस्थान १४ः१५–२२)।
गोल्यत नामको वीर राक्षस; उचाई ३ मिटर भन्दा अग्लो, काँसाको ६० किलो ओजन भएको झिलम लगाएको, भालाको टुप्पो पनि फलामको ७ किलो ओजन भएको जसले हामीजस्तो भारेभुरेहरुलाई त कत्ति स्वाहा बनाउँथ्यो होला बाबै ! तर गोठाले दाउद परमेश्वरको नाऊँमा खडा भयो र गोल्यतको सामना गर्ने हिम्मत कसे । उसँग हतियारको नाउँमा घुँयेत्रो र लठ्ठी मात्र थियो, लडाँईमा जाँदै गर्दा खोलाबाट चिल्ला–चिल्ला ५ वटा ढुँगाहरु टिपेर झोलामा हाले । लडाँई सुरु भयो, दाउदले घुँयेत्रोमा ढुँगा राखेर घुमाएर हान्दा ढुँगा गोल्यतको निधारमै गाडियो । यति साधारण हतियारबाट नै परमेश्वरले दाउदलाई विजय दिनुभयो (२ शमुयल १७ः४०–५१)।
यस्तै अरुपनि थुप्रै उदाहरणहरु लिन सकिन्छ, एलियालाई खुवाउनको निम्ति कागहरुको प्रयोग गर्नुभयो, अनि अनिकालको अन्त्य हुन देशमा पानी नपरुन्जेल सीदोन देशको सारपतकी विधवाको भाँडाको पीठो र ढुँग्रोको तेल सकिएन (१राजा १७ः१–१६)। कुष्ठरोग लागेको सिरियाली नामानले बोकी ल्याएको सुन–चाँदीको उपहार कामै लागेन, अगमवक्ता एलीशाले आफ्नो एक चाकरलाई समाचार पठाए अनुसार नामानले यर्दन नदीमा ७ पल्ट डुबुल्की मारेपछि कुष्ठरोगले हिऊँजस्तो सेतो भएको उसको जिऊको मासु ज्युँका–त्युँ राम्रो भएर आयो, यसरी उनी निको भए (२ राजा ५ः१–१४)। कुष्ठरोगबाट निको हुन उनले कुनै आकाशको तारा झार्नुपरेन, साधारण तरिकाबाट नै उनी निको भए । यो एक परमेश्वरको आफ्नो महिमाको निम्ति काम गर्ने तरीका हो ।
आज हामीले पनि परमेश्वरको महिमा अनि उहाँको काम गर्नको लागि ठूला–ठूला कुराहरुको जरुरत पर्दैन, हामीसँग जे छ, जति छ, त्यहीँबाट नै परमेश्वरले आफ्नो महिमा लिनुहुन्छ । हामीसँग भएका कमजोर वरदानहरुबाट नै उहाँको महान कामहरु अवश्य हुन्छन् ।
हामीसँग थुप्रै अभाव तथा समस्याहरु छन्, कतिपय झुण्ड मण्डलीहरुमा व्यवस्थित मण्डली भवन छैन, भवनमा विछ्याउने गुन्द्री छैन, झकिझकाऊ पुल्पिट छैन, कैल्ये गितारको तार चुँडिन्छ त कैल्ये हतारको बेला साइकलको चेन, कैल्ये कैल्ये पैसा हुँदैन त्यत्ति नै बेला बाइकमा तेल सकिन्छ, गितारको घाँटी बाङ्गिएर थिचिनसक्नुको हुन्छ, आराधाना सुरु हुन लाग्दा झ्याप्पै विजुलीको लाइन जान्छ, साउण्ड सिस्टम हुँदैन, भएको सिस्टममा इको मिल्दैन, त्यत्ति नै बेला ड्रमसेटमा दुलो पर्छ, बल्ल–बल्ल भजन गाउन सुरु हुँदा कोयर टिममा उभिएको पल्लो छेऊमा बस्ने भाईले बेसुरमा गाउन लाग्छ, वचन बाँड्ने बेला भइसक्दा पनि वक्ता आइपुग्दैन, भरे सुन्दा उनी बाटोमा ट्राफिक जाममा फसे रे..... उफ् ! के मिल्दैन, के हुँदैन । तर यसो हुँदैमा आफ्नो जुवा बारीको पाटामा हुत्याएर साँढे पल्टिनु त भएन नि !
हामीलाई थाहै होला, बतासको विचार गर्ने र बादलको मुस्लो हेरेर छर्नेले कहिल्यै कटनी गर्नेछैन भन्ने कुरा । यसैले उहाँको काम गरिरहनुपर्छ, जतिसुकै बेढङ्गबाट सुरु गरिएको किन नहोस्, परमेश्वरको इच्छामा प्रार्थना सहित गरिएको कामको अन्त्य सँधै आशिषमा पुगेर टुङ्गिनेछ । उहाँको जनको शिरको प्रत्येक कपालको हिसाब राख्नुहुनेलाई के थाहा नहोला र, हामी कसरी र कस्तो हृदयले उहाँको सेवा गरिरहेछौँ ? हाम्रो दुर्बलतामा नै उहाँको शक्ति सिद्ध हुन्छ । परमेश्वर बुद्धिमानहरुलाई शर्ममा पार्न संसारका मुर्ख कुराहरुलाई छान्नुहुन्छ, शक्तिशालीहरुलाई शर्ममा पार्न निर्बलहरुको प्रयोग गर्नुहुन्छ । उहाँले संसारका नीच र तुच्छ ठहरिएका कुराहरुलाई चुन्नुहुन्छ, यहाँसम्म कि नगन्य कुराहरुलाई प्रयोग गर्नुहुन्छ (१ कोरन्थी १ः२७–२८)।