Skip to main content

Posts

जे छ, त्यहीँबाटै प्रभुको महिमा

प्रभु येशूको अघिपछि प्रायः भीड हुन्थ्यो । निको हुनलाई मात्र भीडले उहाँलाई पछ्यायो वा परमेश्वरको योजनामा मानिसहरु भेला हुन्थे, त्यो कुरा १२ प्रेरितहरुले नै जानुन् । एकपटक येशूले भीडलाई परमेश्वरको राज्यको बारेमा सुनाउँदा–सुनाउँदै दिन ढल्कन लाग्यो । न त सुनाउनेको, न त सुन्नेहरुको धीत म¥यो, व्यवस्थापनमा खटेका चेलाहरुलाई उकुस–मुकुस पर्न थाल्यो । किनकी, उनीहरु निर्जन ठाउँमा थिए र करिब ५ जना पुरुषहरु (कतिपय उनीहरु आफ्नो परिवार सहित पनि आएका हुनसक्छन्) को निम्ति भोजनको खासै उपाय थिएन । अन्त्यमा चेलाहरुले येशूलाई ‘भीडलाई अब बिदा दिनु’ भनी सुझाए । तर येशूले ‘तिमीहरुले नै तिनीहरुलाई खान देओ’ भन्नुभएपछि चेलाहरुले अब बजारमा गएर भोजन किनेर ल्याउनुपर्ने बोझको महशुस गरे । तर येशूले उनीहरुसँग उपलब्ध ५ रोटी र २ माछाबाट नै ५ हजार जनालाई तृप्त पार्ने उपाय निकाल्नुभयो । आखिरमा सबै तृप्त भइसकेपछि पनि उबे्रका टुक्राहरु बटुल्दा उल्टै १२ डाला जति भयो । (लुका ९ः१०–१७) । यो एउटा चमत्कार थियो, वा भनुँ यहोवा यिरेको एउटा काम गर्ने स्टाइल । एक विवाह भोजमा सोमरस (दाखमद्य) सकिएपछि येशूले घ्याम्पाहरु भरि पानी भर्न ल...

ए वैद्य, आफैँलाई निको पार !

कुनै समय कुष्ठरोग एक घृणित रोग थियो । यसको उपचार थिएन । कुष्ठरोगलाई मानिसहरु पूर्वजन्मको पापको परिणाम भन्थे । यो रोग लागेकाहरुलाई परिवार, समाजबाट अलग गरिन्थ्यो, उनीहरु छुट्टै ठाऊँमा बस्थे । कुनै एउटा बस्ती थियो, जहाँ ४० जना कुष्ठरोगीहरु बस्थे । संसारले कुष्ठरोगको निदानको उपाय पत्ता लगाइसकेपछि एकजना डाक्टर दयाले भरिएर ती ४० जना कुष्ठरोगीहरुको उपचारको निम्ति उक्त बस्तीमा डेरा सारे । अनि दैनिक ती ४० जना कुष्ठरोगीहरुको उपचारमा तल्लीन हुन लागे ।

मैले हिँड्ने बाटो

स्वर्ग जाने ‘हाइवे’ येशू हुन् भनेर कसले भन्यो ? ‘हाइवे’ होइनन्, तर स्वर्ग जाने गोरेटो अवश्य हुन् । गोरेटो भन्दा नि अझ कठिन बाटो, जुन् बाटो ओरालो छैन, तेर्सो–सीधा छैन, तर भिरालो छ, उकालो छ । जुन् बाटो भीरहरुमाथि नागबेली हुँदै स्वर्गको मुल ढोकाको भञ्ज्याङ्गमा खुल्छ । नत्रता, यो बाटोमा हिँड्नेहरु थुप्रै हुनेथिए.... अनि क्रुसदेखि आफ्नो मुहार लुकाएका– प्रियजनहरुको निम्ति, आँसुको प्रार्थना मैले बगाउनुपर्दैनथ्यो ।

स्वर्गदुतहरु रमाहटले एकसाथ गाएको रात !

धन्य होस् त्यो रात ! एउटा बालकको जन्म भयो भनी भनिएको रात ! गाईको गोठमा–  एउटा बालक प्रथम आवाजमा रोएको रात ! इश्वरले मानिसको चोला लिएर धर्तीमा पाइला टेकेको रात ! परमेश्वरसँग एउटा सपना थियो, तर सपना टुटेको थियो– अदनको बगैँचामा । त्यसैले, उनी जन्मिनैपथ्र्यो, त्यो टुक्रिएको सपनालाई जोड्न । आफ्नो हातको उत्तम सीपलाई– परमेश्वर यत्तिकै नष्ट हुन किन दिनुहुन्थ्यो र !

येशूले बोलाएको आवाजलाई सुनिदेऊ...

(गीत) हो....हो....हो.................. येशूले बोलाएको आवाजलाई सुनिदेऊ येशूमा मुक्ति छ है येशूमा जीवन छ है बाटो हुन् है स्वर्ग जानलाई । क्षणभरको लागि होइन अनन्तलाई बनाउनु’भो, हामीलाइै नै मुक्ति दिन येशू क्रुसमा चढ्नुभयो ।