स्वर्ग जाने ‘हाइवे’ येशू हुन् भनेर कसले भन्यो ?
‘हाइवे’ होइनन्,
तर स्वर्ग जाने गोरेटो अवश्य हुन् ।
गोरेटो भन्दा नि अझ कठिन बाटो,
जुन् बाटो ओरालो छैन,
तेर्सो–सीधा छैन,
तर भिरालो छ, उकालो छ ।
जुन् बाटो भीरहरुमाथि नागबेली हुँदै
स्वर्गको मुल ढोकाको भञ्ज्याङ्गमा खुल्छ ।
नत्रता,
यो बाटोमा हिँड्नेहरु थुप्रै हुनेथिए....
अनि क्रुसदेखि आफ्नो मुहार लुकाएका–
प्रियजनहरुको निम्ति,
आँसुको प्रार्थना मैले बगाउनुपर्दैनथ्यो ।
गाह्रो छ यो बाटो हिँड्नलाई,
येशूमा भरोसा नभए ।
विनाकारण गिल्ला सहनुपर्ने,
होचिनुपर्ने नम्रताको वस्त्र लाएर–
जसरी येशू आफूलाई गिल्ला गर्नेहरुमाझ मौन बस्नुभयो ।
यो साँघुरो बाटोमा–
यात्रा कठीन छ,
पाईला–पाइलामा परीक्षा छ,
येशूमा भरोसा नभए–
जीवन कसरी फूल्न र फल्न सक्छ ?
ढुङ्गेनी जमिन–
अनि,
काँडाघारीको भ्mयाङ्गमा फालिएको बीउजस्तो जीवन
अझ कति कष्टकर हुन्छ !
अदृश्यमा रहनुहुनेलाई
देखेझैँ गरेर हिँड्नुपर्ने यो बाटो
भरोसाले अनि विश्वासले बाँच्नुपर्ने बाटो ।
विश्वास नभए आशाको के मूल्य रह्यो र !
येशूमाथिको विश्वासले मात्रै भन्न सक्छुः
म पानीमाथि छमछम हिँड्नेछु
दन्किरहेको आगोको भट्टीभित्र यता–उता डुल्नेछु,
म सर्पहरु पक्रिनेछु,
अनि ती विषहरुले मलाई छुनेछैन,
म मृत्युको मुखबाट फुत्किएर आउनेछु,
मरेँ भने पनि पुनरुत्थान हुनेछु ।
यहि विश्वासले–
एकदिन स्वर्गको मूलढोकाबाट भित्र छिर्न योग्य हुनेछु,
यहाँको बाटोमा हिँड्दा–
हिलोले खाएका खुट्टाहरु,
त्यहाँ हर्षले सुनको बाटोमा उफ्रिनेछन् ।
यहाँ मुटु मिचेर–
बनावटी हाँसो कत्ति हाँसे होला,
तर त्यहाँ खुशीले उन्मत्त भई,
साँचो हाँसोले हाँस्नेछु ।
‘हाइवे’ होइनन्,
तर स्वर्ग जाने गोरेटो अवश्य हुन् ।
गोरेटो भन्दा नि अझ कठिन बाटो,
जुन् बाटो ओरालो छैन,
तेर्सो–सीधा छैन,
तर भिरालो छ, उकालो छ ।
जुन् बाटो भीरहरुमाथि नागबेली हुँदै
स्वर्गको मुल ढोकाको भञ्ज्याङ्गमा खुल्छ ।
नत्रता,
यो बाटोमा हिँड्नेहरु थुप्रै हुनेथिए....
अनि क्रुसदेखि आफ्नो मुहार लुकाएका–
प्रियजनहरुको निम्ति,
आँसुको प्रार्थना मैले बगाउनुपर्दैनथ्यो ।
गाह्रो छ यो बाटो हिँड्नलाई,
येशूमा भरोसा नभए ।
विनाकारण गिल्ला सहनुपर्ने,
होचिनुपर्ने नम्रताको वस्त्र लाएर–
जसरी येशू आफूलाई गिल्ला गर्नेहरुमाझ मौन बस्नुभयो ।
यो साँघुरो बाटोमा–
यात्रा कठीन छ,
पाईला–पाइलामा परीक्षा छ,
येशूमा भरोसा नभए–
जीवन कसरी फूल्न र फल्न सक्छ ?
ढुङ्गेनी जमिन–
अनि,
काँडाघारीको भ्mयाङ्गमा फालिएको बीउजस्तो जीवन
अझ कति कष्टकर हुन्छ !
अदृश्यमा रहनुहुनेलाई
देखेझैँ गरेर हिँड्नुपर्ने यो बाटो
भरोसाले अनि विश्वासले बाँच्नुपर्ने बाटो ।
विश्वास नभए आशाको के मूल्य रह्यो र !
येशूमाथिको विश्वासले मात्रै भन्न सक्छुः
म पानीमाथि छमछम हिँड्नेछु
दन्किरहेको आगोको भट्टीभित्र यता–उता डुल्नेछु,
म सर्पहरु पक्रिनेछु,
अनि ती विषहरुले मलाई छुनेछैन,
म मृत्युको मुखबाट फुत्किएर आउनेछु,
मरेँ भने पनि पुनरुत्थान हुनेछु ।
यहि विश्वासले–
एकदिन स्वर्गको मूलढोकाबाट भित्र छिर्न योग्य हुनेछु,
यहाँको बाटोमा हिँड्दा–
हिलोले खाएका खुट्टाहरु,
त्यहाँ हर्षले सुनको बाटोमा उफ्रिनेछन् ।
यहाँ मुटु मिचेर–
बनावटी हाँसो कत्ति हाँसे होला,
तर त्यहाँ खुशीले उन्मत्त भई,
साँचो हाँसोले हाँस्नेछु ।