Skip to main content

Posts

संस्मरण: आफ्नै भाईसँग एक पल

     With Rev. Dr. Narayan Sharma (एक सँस्मरण) मैले उहाँलाई भाई भन्न त पक्कै नमिल्ने हो कि जस्तो लाग्छ; उमेरको हिसाबले मात्र नभएर धेरै कुराको तुलनामा म त उहाँको नाति सरहको मान्छे । तर, हरेकपटक जब ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रम सुन्छु उहाँ ‘म तपाईहरुको आफ्नै भाई.....’ भन्दै कुरा सुरु गर्नुहुन्छ । अनि त ‘भाई’ भन्नै प¥यो; कि कसो ? खै ! भाईले त मलाई चिन्छन् कि चिन्दैनन्, तर उहाँलाई म धेर–थोर चिन्दछु । चिनजान हुनु नै ठूलो कुरो त पक्कै होइन तर ‘आत्मिक यात्रा’ कार्यक्रमकै कारणले किन–किन भाईलाई साह्रै नजिकको मान्छे लाग्छ । वि.सं २०६० सालदेखि म नियमित चर्च जान थालेँ । मेरो ख्रीष्टियान जीवनको सुरुवाती दिनहरुमा एकदिन ‘हाम्रो आशिष’ नामक पत्रिका हात प¥यो । त्यहि पत्रिकामा पहिलोपटक ‘आत्मिक यात्रा’ रेडियो कार्यक्रमको प्रसारण तालिका देखेँ । उतिखेर गाऊँमा रेडियो खुब सुनिन्थ्यो । प्रायः सबै घरमा रेडियो हुन्थ्यो । टि.भी.को चलन थिएन । मैले थाहा पाउँदा गाउँभरिमा टि.भी. भएको घर एउटै थियो गाउँले आफन्तको; जुन घरका दुई–दाजुभाई ब्रिटिश आर्मीमा जागिरे हुनुहुन्थ्यो । त्यही घरमा विश्वकप फुटबलक...

स्वर्गदूतसँग भेट

(कविता) एउटा स्वर्गदुतले मलाई पछ्याईरहेछ मेरो वरिपरी घुम्दै, मलाई घुरेर हेरिरहेछ । कहिले– मलाई अगाडि जान दिन्छ अनि ऊ पछाडि छोडिन्छ फेरि उडेर गई अगाडि मलाई पर्खिबस्छ । विशेष रमिता हुँदैछ– मेरो आँखाको लागि; उसको त्यो स्वर्गीय सुन्दरता, उसका ती मनमोहक पखेटा ।

संगतिको तिर्सना

Tweet म एकपटक एउटा पोखरीमा पुगेँ ।  पानी सफा थियो । तर, त्यहाँ केवल तीनवटा माछा थिए । ती तीन माछा यताबाट उता पौडिन्थे, उताबाट यता पौडिन्थे । पोखरीको चारकुनामा ठोक्किन्थे । उनीहरु छटपटाइरहेका जस्ता, डराएर लुक्न खोजेजस्ता, केही खोज्दा केहीपनि भेट्न नसकेकाजस्ता देखिन्थे ।  कुन्नी खै ! उनीहरु के खोजिरहेछन् मैले केही पत्तो पाउन सकिँन । कुनैदिन फेरि म अर्को पोखरीमा पुगेँ । पोखरीको साइज पहिलाको जस्तै लगभग उस्ता–उस्तै थियो । तर फरक के थियो भने यस पोखरीमा थुप्रै अनगिन्ति माछाहरु रहेछन् ।

हामी भेडाहरु

Tweet हामी भेडाहरु– हरियो खर्कमा चराइएका, शान्त पानीको छेऊमा डो¥याइएका । अझ भनौँ– येशूको रगतले किनिएका हामी येशूका भेडाहरु । हामी भेडाहरु अन्जान छौँ, हामी भेडाहरु अबोध छौँ, गोठालोले भनेको सुन्नु हाम्रो कर्तव्य होइन र ! यसैले हाम्रो के दोष ? दोष त तिनै नेता भेडाहरुको छ, जो भेडाहरुको भेषमा ब्वाँसो बनेर आएकाछन् ।

के हामीले हाम्रो मुक्ति कहिल्यै गुमाउनेछैनौँ ?

Tweet येशूमा पाइने पापक्षमा (मुक्ति–उद्धार)मा विश्वास गरेर मृत्युबाट पार भएर अनन्त जीवनमा तपाईं–हामी सरिसकेकाछौँ । जँगली जैतुनको हाँगा भएर पनि असल दाखको बोटमा कलमी बाँधिएकाछौँ । अब हामी खाएपनि, हिँडेपनि, बाँचेपनि, मरेपनि येशूको लागि गर्छौँ । अब हामीले प्रस्तुत गर्ने हरेक क्रियाकलाप कुनै न कुनै रुपमा येशूसँग सम्बन्धित हुने नै भयो । हामी त आफ्नै होइनौँ, बरु मोल तिरेर किनिएका येशूका दासहरु पो हौँ त । यसरी येशूको नाऊँमा विश्वास गर्दा उद्धार पाइसकेको भन्दैमा हामी पुनः हाम्रो पुरानो स्वभावका खराब कामहरु दोहो¥याउनु मिल्छ ? अब अविश्वासी हुँदा पनि नगरेको काम विश्वासी भइसकेपछि गर्भपतन (गर्ने–गराउने) वा आत्महत्या गर्ने जस्ता पापहरु गर्दापनि के हाम्रो मुक्ति सुरक्षित छ त ? वा के यति सजिलै स्वर्ग छिर्न पाउँनेछौँ ?