Tweet स्थानः ऊँबू गा.वि.स (ओखल्ढुङ्गा) आसपास बगले डांडाबाट देखिएको सुर्योदयको दृश्य ! करिब तीन वर्षपछि गाऊँ फर्केँ । गाऊँबाट म धेरै टाढा परदेश पुगेको त पक्कै थिइँन; तरैपनि देशभित्रै बसेर पनि आफ्नो गाऊँ फर्किन यत्रो समय लाग्यो । अरुको नजरमा जतिसुकै कुरुप किन नहोस्, आफुलाई जन्म दिने आमा सँधै प्यारो अनि आदरणीय हुन्छिन् आफ्ना सन्ततिहरुका लागि । त्यस्तै जस्तोसुकै गरिबी वा असुविधाले किन नझेलिएको होस्; आफू जन्मेको–हुर्केको गाऊँ आफूलाई सँधै प्यारो नै हुँदोरहेछ । आफू त झन् त्यसै पनि भावुक मान्छे; आँखाको डिलमा आँसु बोकेको मान्छे; बेला–बेला गाऊँ सम्झेर गहभरि आँसु नपार्ने कुरै भएन । यसपटकको गाउँ–घरतिरको यात्राको व्यक्तिगत रिपोर्ट यसरी यहाँहरुमाझ राख्दैछुः
How can a young person stay on the path of purity? By living according to your word. (Psalm 119:9)