Skip to main content

Posts

पुग्नुपर्ने एउटा ठाऊँ

Tweet जीन्दगी के हो ? सुन्दर फूल ! कर्कलाको पानी ! डुबिजाने घाम ! दुःख–सुखको मिश्रण ! बगिजाने खोला ! पानीको फोका ! उडिजाने बादल ! यात्रा............. ! कसले भन्यो यात्रा............. !? तिमीले ? हो, म पनि त्यसै भन्छु ।  भनेपछि जीन्दगी यात्रा नै हो त ! तिम्रो र मेरो विचार कस्तो ठ्याक्कै मिलेको ! त्यसोभए हिँड्नु पनि त पर्ला नि ! भनिराख्नु नै पर्दैन, तिमी हिँडिरहेछौ, हरपल–हरक्षण विगतदेखि वर्तमानसम्म...........। आजै मरिन्छ भन्ने के निश्चयता ? त्यसोभए हिँड्नेछौ भविष्यसम्म पनि । बेहोसीको कुम्लो बाँधि, अदृश्य बन्धनहरुको हतकडी हल्लाउँदै,  संसार जित्ने लक्ष्य बोकेर पनि अनन्त लक्ष्यहीन बाटोहरुतर्फ, आँसु बगाउँदै, पसिना चुहाउँदै,  साथ कसैको खोज्दै, हात फैलाउँदै, तिम्रो वरिपरी रहने, तिमी जस्तै काला आकृतिहरु.............। जोहरु तिम्रो संकष्टमा चुइँ पनि गर्दैनन् ।  साँघुरो बाटोबाट आएका रश्मिको फिक्का उज्यालोमा– पहिल्याउँदै बाटो, सुस्तरी फड्क...

एउटा भाले

Tweet ढ्वाक्...... स्याट्या–स्याट्या ! एकछिन्– भ्याट्–भ्याट्......भ्याट....! भुत्ल्याउन थाल्यो.... भ्लासार–भ्लुसुर.....। ज्वरर....च्वररर ! काटकुट, ठाकठुक अचानो खुकुरी ! तेल मसला छ्याइँ–म्याइँ.... सार्लाङ्ग–सुर्लुङ्गः डाडु–पनिँऊ । बास्ना हरररर घरैभरि.....! र्‍याल घुटुक्क । अन्त्यमा, ’खाने बेला भयो सबै भित्र आऊ है !’ झर्‍यापझुरुप बस्यो खिरिरि । अनि, स्वाप्य्राक–स्वाप्य्राक......! ’खै पखेटा मलाई, कलेजो कान्छा भाइलाई ।’ आखिरमा, खान्द्राङ्ग–खुन्द्रुङ्ग, सान्द्राङ्ग–सुन्द्रुङ्ग । सकियो बरै ! एउटा भालेको जीन्दगी ! -----------0------------ Leave your comments here!

पवित्र बाइबल

Tweet जीन्दगीको व्यस्ततामा झुल्दाझुल्दै कति दिनहरु थाहै नपाई बितेछन्, मिठो सपनाको संसार देखाई त्यसै–त्यसै रातहरु काटिएछन् । रोज्नु छ कुनै बाटो, हिँड्नु छ एउटा बाटो देख्छु अहो ! कति धेरै बाटोहरु , जति खोजेपनि भेट्नै नसकिने परिभाषा थरी–थरी यो जीन्दगीका मोडहरु । आँसु नै आँसु भनौं त जीन्दगी त्यहाँ अति मिठो जीन्दगी पनि छ , दुःखै–दुख उराठ छ भने पनि संघर्षपछिको अपार खुशी पनि छ । कहिले बित्छ समय रोई–रोई कहिलेकाँही हरपल रमाई, बुझ्नै सक्दिन म त जीन्दगी के हो तिमी के भन्छौ, जीन्दगी के हो ए भाई ? जब हिँड्छन् यी पाइलाहरु संघर्षको उकाली ओराली, सुस्तरी–सुस्तरी ती उकालीहरुमा तीता–मिठा क्षणहरु अँगाली । चाहो गुज्रोस् जीन्दगी यो सुख्खा उजाड मरुभूमिमा, घाँटी सुकोस–पटपट फुटोस यो गला मृगतृष्णा बढोस यहीँ प्राणमा । आँसु नै हो यदि जीन्दगी भने सागर यो सँधै आँसुमा डुबिरहोस्, पर्खाइ नै प्राप्तिको एउटा अर्थ हो भने केही आशामा सँधै कुरिरहोस् । उराठलाग्दो जीन्दगीको प्यासमा तिम्रो वचन जिउँदो पानी बनोस्, चाहे...

नामजस्तै काम

दयावीर सिंह कंसाकार, अर्थात 'दया'का 'वीर'। उनको नाम जस्तै काम । सन् १९४४ मा वीर अस्पतालमा एक सख्त बिरामीलाई रगत दान गरेर नेपालकै पहिलो रक्तदान गर्ने दाता भएका उनी पछि 'परोपकार संस्था' सन् १९४७ मा सुरु गरेका थिए । सन् १९५९ मा सुरु गरिएको 'प्रसुती गृह अस्पताल' नेपालकै पहिलो सुरक्षित मातृत्व प्रदान गर्ने अस्पताल थियो, जसका संस्थापक दयावीर नै हुन् । भनौं,  उनी 'दया'का 'वीर' भए । कतिपय सुनिन्छ, नाम अनुसारको काम हुने भएकोले बच्चाको नाम राख्दा विशेष होसियार हुनुपर्छ । फेरि संयोग र सत्यता आफ्नै ठाऊँमा छ । समाजसेवी कै कुरा गर्दा साना देशका ठूला समाजसेवी भनेर कुनैबेला स्कूल लेभलमा 'तुलसीमेहर श्रेष्ठ'को बारेमा पनि पढिएको थियो । अहिले एउटा मान्छेको नामले दिमाग तताईराखेको छ, त्यो नाम हो 'बोको हराम' । हालैमा नाइजेरियाका ३०० भन्दा बढी स्कूले (बाल) बालिकाहरुको अपहरण गरेका उनी दानवीय कार्यको एक पर्याय बने भन्दा फरक नपर्ला । रोमाञ्चक कुरा यो छ, उनी र आफ्नो समूह नाइजेरियन सरकार भन्दा पनि बढी सुसज्जित छन्, शक्तिशाली छन् । उनको नामको अर्थ उनकै...

कविताः साथी

  हिँड्दै जाँदा यात्रामा साथीहरु भेटिन्छन् अनि, दोबाटोमा पुगेर छुट्टिन्छन् । कसैले छोड्छन्, कोही छोडिन्छन् । रफ्तार सबैको एउटै हुन्न रै’छ । हिँड्ने बाटो सबै एउटै हुन्न रै’छ । पुग्नुपर्ने ठाऊँ पनि आफ्ना–आफ्नै हुँदो रै’छ । तर पनि, साथी चाहिन्छ– लड्दा उठाउनका लागि । टेक्ने ठाऊँ भत्किँदा साथी चाहिन्छ । समाउने डोरी चुँडिन लाग्दा साथी चाहिन्छ । एक्लै हाँस्न सकिँदैन । एक्लै रुन सकिँदैन । खुशी साट्न साथी चाहिन्छ । दुःख बाँड्न साथी चाहिन्छ । दाजु–भाइसँग गर्न नमिल्ने कुरा साथीसँग गर्न मिल्छ । आमा–बाबुलाई भन्न नमिल्ने कुरा साथीलाई भन्न मिल्छ । उसलाई दुख्दा मलाई पनि दुख्छ । मलाई बिझ्ने काँडाले– उसलाई पनि छुन्छ । केही क्षण सँगै बिताएका पलहरुको सम्झना बोकी साथीहरु जीन्दगीको उकालो लाग्छन् । धरतीको पल्लो छेऊ पुगेपनि, मुटुको एक कुनामा बस्ने ठाऊँ दिन्छन् । कोही साथीहरु– जीन्दगीको घामसँगै अस्ताएर गएपनि मुटुमा फूल रोपेर जान्छन् । मेटाएर नमेटिने हुन्छन् । बिर्सिएर नबिर्सिने हुन्छन् । उनीहरुलाई सम्झिँदा– मुहार त्यसै–त्यसै उज्यालो भएर आउँछ । ओ साथी ! साँच्चै तिमीलाई म अति प्रेम गर्छु ।