Skip to main content

Posts

Showing posts from April, 2015

संसारिक सुखको कुहिरोमा हराएको प्रेम

www.merokalam-suman.blogspot.com संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–३

कार्तिक–१९, २०६८ (स्थानः दमक, झापा) म प्रायः हप्ताको एकदिन उपवास बस्छु । आज पनि विहानै उठेँ, बाइबल पढेँ, प्रार्थना गरेँ । ‘म अब दमकको बसाई अवधिभर कुन चर्चमा सँगति गर्न जाने’ भनेर प्रार्थना गर्दै आइरहेको थिएँ । पाष्टर रुबेनज्यूको सल्लाहमा म दमकको ज्योति चर्चको खोजीमा बेलैमा निस्केँ । एकजना दिदी (अइसाई)ले बाटो देखाउनुभयो, अनि म बाटो पहिल्याउँदै गएँ । फेरि पर रोडसम्म पुगेपछि एकजना अधबैँसे मान्छेलाई सोधेँ; उसले सिधै चर्च भवन नै देखाइदिए । म उसलाई धन्यवाद दिँदै सिधै चर्चमा गएँ । सेवा सुरु हुन एकघण्टा अगावै पुगेकोले गर्दा के गर्ने, के नगर्ने भनेर द्विविधामा परिरहेको थिएँ ।

वर्ष २०७१ का प्रमुख चार आशिषहरु

१. ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’मा इन्टर्नशिपः ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’को इन्टर्नशिप कार्यक्रम अन्तर्गत बाल स्पोन्सरशिप अफिसरको छत्रछाँयामा रहि बाल स्पोन्सरशिपको बारेमा एकवर्ष सिक्ने मौका पाएँ । वर्षभरिमा नेपालका विभिन्न ठाऊँका अन्य इन्टर्न साथीहरुसँगको छोटो समयका भेटघाटहरु अत्यन्तै रोमाञ्चक रह्यो । यो अवधिभर थुप्रै मानवीय व्यवहारहरुको बारेमा परिचत हुने मौका पाएँ । अग्रजहरुबाट पाएको माया साथै सहानुभूतिको लागि एकदमै ऋणी छु; उहाँहरुले मलाई सँधै सकरात्मक प्रभाव पार्नुभयो र मेरो जीवनमा केही न केही मूल्य थप्ने प्रयास गर्नुभयो । यो सिकाईको अवधिभर मैले सम्झनुपर्ने तथा धन्यवाद दिनुपर्ने अग्रजहरु थुप्रै हुनुहुन्छ । सबैलाई धेरै–धेरै धन्यवादको साथमा आभार प्रकट गर्न चाहन्छु । केही व्यक्तिहरुलाई यहाँ सम्झन चाहन्छुः

माया पिरतीका कुरा

माया पिरतीको हुरी कम्तिमा एकपटक हरेकको जीवनमा चल्छ । कतिजना टुङ्गोमा पुग्छन् । कतिजना हिँडदै जाँदा दोबाटोमा पुग्छन् । सम्झिल्याउने हो भने; यस्ता कुराहरुमा एकअर्कालाई दोष्याउने ठाऊँ कतै हुँदैन । तर पनि मायामा बिछोडिएकाहरु एकअर्कालाई दोष्याएर मनको पीर शान्त पार्छन् । यो राम्रो आइडिया हो । यसलाई सकारात्मक रुपमा लिँदा सायद राम्रै हुन्छ । पंखामा झुण्डिएर दुःख बिसाउनुभन्दा त यो आइडिया कहाँ हो कता राम्रो हो । एकपटक म एउटा युवा सम्मेलनमा सहभागी भएको थिएँ । ‘प्रेम र विवाह’को बारेमा सिकाउँदै गर्नुभएका वक्ताज्यूले ‘ख्रीष्टियन युवा–युवतीहरुले गैह्र ख्रीष्टियन मानिसहरुसँग प्रेममा फस्नु गलत हो’ भन्दै गर्दा सहभागी थुप्रै जवानहरुको मुहार खिन्नताले भरियो । आत्मग्लानीले भनौँ वा हीनताबोधले; उनीहरुले शिर निहुराए ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–२

कार्तिक–१७, २०६८ छिटो चिया पकाउने विद्युतीय भाँडो हुँदाहुँदै पनि र चिया मसला ल्याईसक्दा पनि करिब दमकमा बस्न थालेको १५ दिनपछि आज चिया–चिनीको व्यवस्था भयो । बेलुका ४ बजेको समयमा चिया पकाएँ; लगभल दुईकपको अनुमानमा । चियाको प्याकेट खोलेँ र चिया भाँडोमा हालेँ । चिया पाक्यो । गिलासमा सारेँ । पिएँ । रँग बढी भएर होकि, चिनी कम भएर हो; चिया तितो न तितो भएको थियो । अब मलाई थाहा भयो, कति कप पानीमा कति चियाको धुलो हाल्नुपर्छ भनेर ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–१

२७–भदौ, २०६८ मध्यरातको ११ः४८ बज्दैछ........पंखा एकतौरले घुम्दैछ । केही समय अघि फोनमा आएको कल रिसिभ गरिँन, किनकी म हिन्दी ‘बडिगार्ड’ फिल्म हेर्नमा मस्त थिएँ । समग्रमा फिल्म एकदम राम्रो लाग्यो । वर्ष २०११ मा सलमानको क्रेज वास्तवमै स्मरणीय छ । तर यो मुभी हेर्दै गर्दा एउटा नयाँ पाठ थाहा पाएँ मैले । त्यो के हो भने यस फिल्मको केही थोरै दृश्य अर्कै फिल्मको दृश्यसँग मिल्दोजुल्दो थियो । नेपाली फिल्म अन्य फिल्महरुबाट कपी गरिन्छ भनिन्छ, त्यो वास्तवमै हो पनि । तर नेपाली मात्र होइन हिन्दी फिल्म पनि त्यस्तै हुँदोरहेछ ।