Skip to main content

Posts

व्यर्थ बलिदान

कविता: बतास चलिरहेछ हावाको एक झोँक्का कानमा आएर ठोकिन्छ भयभित हुन्छु, त्यो धुनलाई सुनेर बन्दुकको आवाज अनि मानिसहरुको चित्कार ! बतास चलिरहेछ धुँवाले भरिएको छ देश त्यो धुँवामा जलिरहेका झुपडीहरु अनि जलिरहेका मानिसहरुको गन्ध छ ।

समाधान नहुने समस्याहरु (आखिरी घडीहरु)

यो संसार शैतानको हातमा छ भन्दा थुप्रै विश्वासीहरुलाई अपत्यारिलो र अस्वीकार्य हुनसक्छ । तर बाइबलका केही खण्डमा यस कुराको ठोकुवा गरिएको छ । यदि यो संसारमा शैतानको शासन नभएको भए परीक्षाको समयमा प्रभु येशुलाई ‘म यो सारा अधिकार र यिनको गौरव तपाईलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु । तपाईंले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईंका हुनेछन् (लुका ४ः६–७)’ भनेर कसरी भन्न सक्थ्यो र ! यो कुरा यशैया १४ः१२–१५ पदसँग पनि सम्बन्धित छ, जसमा शैतानलाई यसरी सम्बोधन गरिएको छः ‘तँ कसरी स्वर्गबाट खसेको छस्, ........तँ....भुइँमा खसालिएको छस्, ......तँ चिहानसम्म खाडलको तल्लो गहिराईसम्मै होच्याइस् ।’ स्वर्गको आफ्नो अधिकार गुमाएपछि शैतान संसारको शासक भएर बसेको छ । बाइबलका यी (युहन्ना १२ः३१, युहन्ना १४ः३०) पदहरुलाई हेर्ने हो भने प्रभु येशुले पनि शैतानलाई संसारको शासक भनेर सम्बोधन गर्नुभएको छ ।

मेरो डायरीः जीन्दगीका पाना–४

३१–जेठ, आइतबार, २०७२ स्थानः दर्बेशा–९, रन्जनी–मोरङ्ग आज यो डायरी बिल्कुल नयाँ ठाऊँबाट लेख्दैछु । म कामको सिलसिलामा मोरङ्ग जिल्लाको देर्वेशा गा.वि.समा आईपुगेको छु  । अफिस बवियाविर्ता गा.वि.स लक्ष्मीपुरमा छ । सँस्थाको नाम ‘लुथरन सामुदायिक कल्याण्कारी समाज’ हो । यहाँ म एःभ्म् अफिसरको रुपमा नियुक्त भएको छु । यहाँसम्म आउनको लागि हरेक दिन एउटा बस विराटनगरबाट दिउँसो २ बजे इटहरी हुँदै यहाँ आइपुग्दो रहेछ । म पनि त्यहीँ गाडीमा आज आइपुगेँ ।  जागिरमा छनोटः करिब एक महिना अघि फेसबुकमा विमल सरसँग कुरा हुँदा उहाँले ‘आजभोली तपाईँ फ्री नै हो ?’ भनेर सोध्नुभयो । म फ्री नै थिएँ । किनकी वल्र्ड भिजनमा इन्टर्नशिपबाट बिदा भएको पनि गत सेप्टेम्बरमा हो । अब अरु एक वर्ष बित्न आँटिसक्यो । यो बिचमा अरु केही एनजीओ र आईएनजीओ  मा एप्लाई नगरेको होइन, तर म छनोटमा परिँन । म तत्कार विदेश जाने सोचमा त थिइँन तर कामहरु भनेजस्तो नमिल्दा अब चाँडै पासपोर्ट बनाउनुपर्ने हो कि ! भनेर सोच्न थालेको थिएँ ।

सम्झनामा के.पी. देवकोटा

Rev. KP Devkota, Coordinator: IFES Past: General Secretory of  NBCBS ...कारणवश उक्त शनिबारको दिन म इटहरी शालोम एजी चर्चको आराधना सँगतिमा बस्ने मौका जुरेको थियो । वचनको समय अघि वक्ताको बारेमा पाष्टर मुकुन्द रिजालले केही शब्द भन्नुभयोः ‘आज हाम्रा माझमा के.पी. दाजु आउनुभा’छ; उहाँ ख्रीष्टियान विद्यार्थीहरुका लागि यो उमेरमा पनि नेपालको हिमाल, पहाड, मधेश गर्दैहुनुहुन्छ । आउनुस, उहाँलाई स्वागत गरौँ ।’ पहिलोपटक मैले उहाँलाई त्यहिँ देखेको थिएँ । साँच्चै एनविसिविएसको लागि उहाँले गनुभएको मेहनत र दिनुभएको समयको तारिफ गर्नेहरु आज हाम्रो माझ प्रभुका जनहरु प्रशस्तै छन् । उनै केपी देवकोटा अब हाम्रो माझ हुनुहुन्न; उहाँ प्रभुमा सुत्नुभएको छ ।

भुकम्पका धक्काहरु...

 (एक अनुभव) मैले जीन्दगीमा महशुस गरेका भुकम्पका धक्काहरुको केही सँस्मरण यहाँ लेखेको छु । फुर्सद हुने र रुची हुनेले मात्र पढ्नुहोला । मनको खसखस थाम्न नसकेर मात्र शेयर गर्न खोजेको हुँ । १. पहिलो धक्काः म सानै थिएँ, करिब ११–१२ वर्षको । दिउँसोको समयमा म घरको बुइगलमा उत्तानो परेर खरको छानो हेर्दै टोलाइरहेको थिएँ । अचानक छाना ‘क्र्याच्यक्क’ गर्दै यता–यता उता स¥यो । म तर्सिएँ । यत्तिकैमा मास्तिर घरमा फुपु ‘भुइँचालो आयो है’ भन्दै चिच्याउनुभयो । तर अरु केही भएन । सायद अरु गाउँभरिकै मान्छेले पनि थाहा पाएनन् । कतै रेडियोमा पनि समाचार सुनिएन ।