Skip to main content

Posts

भुकम्पका धक्काहरु...

 (एक अनुभव) मैले जीन्दगीमा महशुस गरेका भुकम्पका धक्काहरुको केही सँस्मरण यहाँ लेखेको छु । फुर्सद हुने र रुची हुनेले मात्र पढ्नुहोला । मनको खसखस थाम्न नसकेर मात्र शेयर गर्न खोजेको हुँ । १. पहिलो धक्काः म सानै थिएँ, करिब ११–१२ वर्षको । दिउँसोको समयमा म घरको बुइगलमा उत्तानो परेर खरको छानो हेर्दै टोलाइरहेको थिएँ । अचानक छाना ‘क्र्याच्यक्क’ गर्दै यता–यता उता स¥यो । म तर्सिएँ । यत्तिकैमा मास्तिर घरमा फुपु ‘भुइँचालो आयो है’ भन्दै चिच्याउनुभयो । तर अरु केही भएन । सायद अरु गाउँभरिकै मान्छेले पनि थाहा पाएनन् । कतै रेडियोमा पनि समाचार सुनिएन ।

भुकम्प र हेलिकप्टर

(कविता) भत्केको घरसँगै मन खंग्रिएको छ । यहि घरको चिर्पटमुनि किचिएर प्रियसी छोरीलाई दुध चुसाउँदैछिन् । तीन दिन भयो– भुकम्प आएर गएको । घरि–घरि ढुङ्गाको थुप्रोमाथि उक्लेर प्रियसी र छोरीलाई बोलाउँछु– तर उनीहरु मलाई ‘हजुर बाबा !’ भन्दैनन् । सुखी रै‘छन् उनीहरु........ हाय ! यी श्रापित दिनहरु ! उनीहरुले देख्नै पाएनन् ।

संसारिक सुखको कुहिरोमा हराएको प्रेम

www.merokalam-suman.blogspot.com संसार प्रेमले बाँधिएको छ । सबै मानिसहरु प्रेमको मालामा उनिएका छन् । प्रेमले जीवन बदल्छ । प्रेम एउटा जिउने शक्ति हो; बाँच्ने आधार हो । प्रेमको अवश्य धेरै रुपहरु छन् । इश्वरीय प्रेमले हामी एकअर्कालाई कहिल्यै प्रेम गर्न सक्दैनौँ । तर मानवीयताको नाताले त अवश्य सक्छौँ । तर यसो भन्दै गर्दा विगतमा जुन प्रेमको आदर्श थियो हाम्रो परिवारमा अनि समाजमा; त्यस्तो आजभोली पटक्कै छैन । यहाँ उठाउन खोजिएको एउटा विषय चाँहि प्रेमी–प्रेमिकाबिचको प्रेम र त्यहीँ प्रेम झाँगिदै गएपछि श्रीमान–श्रीमतिबिचको प्रेममा हुने खटपटको विषयमा हो ।

पूरानो डायरीः जीन्दगीका पानाहरु–३

कार्तिक–१९, २०६८ (स्थानः दमक, झापा) म प्रायः हप्ताको एकदिन उपवास बस्छु । आज पनि विहानै उठेँ, बाइबल पढेँ, प्रार्थना गरेँ । ‘म अब दमकको बसाई अवधिभर कुन चर्चमा सँगति गर्न जाने’ भनेर प्रार्थना गर्दै आइरहेको थिएँ । पाष्टर रुबेनज्यूको सल्लाहमा म दमकको ज्योति चर्चको खोजीमा बेलैमा निस्केँ । एकजना दिदी (अइसाई)ले बाटो देखाउनुभयो, अनि म बाटो पहिल्याउँदै गएँ । फेरि पर रोडसम्म पुगेपछि एकजना अधबैँसे मान्छेलाई सोधेँ; उसले सिधै चर्च भवन नै देखाइदिए । म उसलाई धन्यवाद दिँदै सिधै चर्चमा गएँ । सेवा सुरु हुन एकघण्टा अगावै पुगेकोले गर्दा के गर्ने, के नगर्ने भनेर द्विविधामा परिरहेको थिएँ ।

वर्ष २०७१ का प्रमुख चार आशिषहरु

१. ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’मा इन्टर्नशिपः ‘वल्र्डभिजन इन्टरनेशनल नेपाल’को इन्टर्नशिप कार्यक्रम अन्तर्गत बाल स्पोन्सरशिप अफिसरको छत्रछाँयामा रहि बाल स्पोन्सरशिपको बारेमा एकवर्ष सिक्ने मौका पाएँ । वर्षभरिमा नेपालका विभिन्न ठाऊँका अन्य इन्टर्न साथीहरुसँगको छोटो समयका भेटघाटहरु अत्यन्तै रोमाञ्चक रह्यो । यो अवधिभर थुप्रै मानवीय व्यवहारहरुको बारेमा परिचत हुने मौका पाएँ । अग्रजहरुबाट पाएको माया साथै सहानुभूतिको लागि एकदमै ऋणी छु; उहाँहरुले मलाई सँधै सकरात्मक प्रभाव पार्नुभयो र मेरो जीवनमा केही न केही मूल्य थप्ने प्रयास गर्नुभयो । यो सिकाईको अवधिभर मैले सम्झनुपर्ने तथा धन्यवाद दिनुपर्ने अग्रजहरु थुप्रै हुनुहुन्छ । सबैलाई धेरै–धेरै धन्यवादको साथमा आभार प्रकट गर्न चाहन्छु । केही व्यक्तिहरुलाई यहाँ सम्झन चाहन्छुः