Skip to main content

Posts

एकदिनको दैनिकी: ‘हाम्रो यहाँ रहिरहने शहर छैन’

Tweet असार ३, २०७१ । एकाविहानै बाटोमा एउटा महिला रिक्सामा आफ्नो नानीसँग रुँदै मेडिकलतिर दौडिइन् । बच्चालाई के भएको हो थाहा भएन । तरै पनि बच्चा बेहोस थियो । आमा भने–‘छोरा तँलाई के भयो ? तँलाई केही नहोस् है !’ भन्दै रुँदै, बर्बराउँदै थिइन् । केही प रसम्मबाट पनि त्यो करुण क्रन्दन सुन्न सकेँ । अर्को घुम्तीमा मोडिएर ओझेल नभएसम्म मैले त्यो रिक्सा हेरिँरहेँ । एकप्रकारले भनौँ ती आमाको वेदनामिश्रित स्वरले मेरो हृदय तोडियो । अफिसमा पुगेर इमेल चेक गर्दा इनबक्समा दुःखद खबर आइसकेछ । खोलेर हेर्नैपर्यो, हेरेँ । सँस्थाकै एकजना चिरपरिचित स्टाफले झण्डै मेरो आफ्नै उमेरको कल्कलाउँदो छोरालाई दुर्घटनामा गुमाउनुभएछ । यो सोच्न पनि नसिकने एउटा भयावह अवस्था थियो । उहाँहरुको शोकित परिवारको सान्त्वनाको लागि प्रार्थनाको आह्वान भएको रहेछ । दिउँसोको समय ढल्किनै लाग्दा म आफ्नो सुपरभाइजर सरसँग सुनसरीको झुम्कातिर हान्निएँ । सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासी–हुकुमबासी सबैको उठिबास लाउँदै रै’छ सरकारले । रमितेहरुको ठूलो भीड थियो, हामी प...

युवावस्थामा कसरी हाँस्न सकिन्छ ?

Tweet जवान युवावस्थामा हुँदा तिमी खुशी होऊ, तिम्रो हृदयले तिम्रो जवानीमा आनन्द दिऊन् । तिम्रा आँखाले देखेका कुराहरु र तिम्रो हृदयका कुराहरुलाई पछ्याऊ । (उपदेशक ११:९) बाइबलले यसो भनिरहँदा पनि कतिपय अवस्थामा युवाहरु पटक्कै खुशी छैनन् । युवाहरुलाई देशको भावी कर्णधार, मण्डलीको खम्बा, पृथ्वीको गहनाको रुपमा उपमा दिइएको छ । तर ती मध्ये धेरैजसो बेचैन अवस्थामा गुज्रिरहेका छन् । कोही यस्तो जीवन बाँचिरहेका छन्, जसले अरुको जीवनमा मूल्य थप्ने कल्पनासम्म गर्न सकिँदैन । दुर्व्यसन, अनैतिकता, मोजमज्जा, अदूरदर्शी नीति तथा नकारात्मक सोच अनि कालान्तरमा जीवन लक्ष्यविहीनता र शुन्यताको खाडलमा… यो कसरी सम्भव छ एक जोशिलो अनि शक्तिशाली चमक बोेकेको युवाको लागि ? जसको मुहारमा अनेकौं आशाका किरणहरु सप्तरंगी रंगमा छरिएका देखिन्छन् । वर्तमान संसारमा भोकोपन र नांगोपनले गाँजेको छ । त्यो भोक खाना नपाउँदाको मात्र भन्नु एक अपवादमात्र हो । चाहिने जति खान, लाउन पाएर पनि मानिसहरु निराशाको जालमा फसेका छन् । यो समस्याबाट युवाहरु अछुतो छन् भन्नु ...

युवा जोशलाई उत्प्रेरणा दिने तत्व

Tweet “आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ ।” –(विलाप ३ः२७) । बाइबललाई जीवन निर्देशन गर्ने र उद्देश्य प्रेरित जीवन जिउन सिकाउने पुस्तकको रुपमा बुझेका ख्रीष्टियान लक्का जवानहरुले यही वचनको आधारमा परमेश्वरको सामु चर्च अनि चर्चको हरेक गतिविधिहरुमा आफूलाई झुकाएकाछन् । परमेश्वरको राज्य विस्तारमा आफूलाई नारेकाछन् । भलै त्यो अरुका लागि फाइदाजनक नदेखियोस्, तर यी सबैको लेखा परमेश्वरले अवश्य राख्नुहुनेछ । यिनै विश्वासको आधारमा चर्चमा जवानहरुले गिटार भिरेका छन्, ड्रमको स्टीक समाएका छन्, बाइबल काखीमा च्यापेर विभिन्न सु–समाचारीय कार्यक्रमहरुमा, जागृति सम्मेलनहरुमा भाग लिएर मण्डलीहरुलाई अतुलनीय सहयोग पु¥याउँदै आएका छन् । तिनै जवानहरुमध्येबाट भोली चर्चका पाष्टरहरु, अन्य जातिहरुलाई ख्रीष्टको चेला बनाउने शिक्षकहरु, परमेश्वरको उपस्थितिसम्म पु¥याउने आराधकहरु हुनेछन् । यिनै मध्ये कोही शैक्षिक तथा आर्थिक क्षेत्रमा ठूलो फड्को मारेर मण्डलीको एक अंग भएर बाँच्नेछन् । यस अर्थमा ‘जवानहरु मण्डलीका खम्बा हुन्’ भनेर सम्बोधन ग...

पुग्नुपर्ने एउटा ठाऊँ

Tweet जीन्दगी के हो ? सुन्दर फूल ! कर्कलाको पानी ! डुबिजाने घाम ! दुःख–सुखको मिश्रण ! बगिजाने खोला ! पानीको फोका ! उडिजाने बादल ! यात्रा............. ! कसले भन्यो यात्रा............. !? तिमीले ? हो, म पनि त्यसै भन्छु ।  भनेपछि जीन्दगी यात्रा नै हो त ! तिम्रो र मेरो विचार कस्तो ठ्याक्कै मिलेको ! त्यसोभए हिँड्नु पनि त पर्ला नि ! भनिराख्नु नै पर्दैन, तिमी हिँडिरहेछौ, हरपल–हरक्षण विगतदेखि वर्तमानसम्म...........। आजै मरिन्छ भन्ने के निश्चयता ? त्यसोभए हिँड्नेछौ भविष्यसम्म पनि । बेहोसीको कुम्लो बाँधि, अदृश्य बन्धनहरुको हतकडी हल्लाउँदै,  संसार जित्ने लक्ष्य बोकेर पनि अनन्त लक्ष्यहीन बाटोहरुतर्फ, आँसु बगाउँदै, पसिना चुहाउँदै,  साथ कसैको खोज्दै, हात फैलाउँदै, तिम्रो वरिपरी रहने, तिमी जस्तै काला आकृतिहरु.............। जोहरु तिम्रो संकष्टमा चुइँ पनि गर्दैनन् ।  साँघुरो बाटोबाट आएका रश्मिको फिक्का उज्यालोमा– पहिल्याउँदै बाटो, सुस्तरी फड्क...

एउटा भाले

Tweet ढ्वाक्...... स्याट्या–स्याट्या ! एकछिन्– भ्याट्–भ्याट्......भ्याट....! भुत्ल्याउन थाल्यो.... भ्लासार–भ्लुसुर.....। ज्वरर....च्वररर ! काटकुट, ठाकठुक अचानो खुकुरी ! तेल मसला छ्याइँ–म्याइँ.... सार्लाङ्ग–सुर्लुङ्गः डाडु–पनिँऊ । बास्ना हरररर घरैभरि.....! र्‍याल घुटुक्क । अन्त्यमा, ’खाने बेला भयो सबै भित्र आऊ है !’ झर्‍यापझुरुप बस्यो खिरिरि । अनि, स्वाप्य्राक–स्वाप्य्राक......! ’खै पखेटा मलाई, कलेजो कान्छा भाइलाई ।’ आखिरमा, खान्द्राङ्ग–खुन्द्रुङ्ग, सान्द्राङ्ग–सुन्द्रुङ्ग । सकियो बरै ! एउटा भालेको जीन्दगी ! -----------0------------ Leave your comments here!