हामी भेटी कसरी चढाउछौँ ? प्रशस्तताबाट कि दरिद्रताबाट ? धर्मकर्मको लागि, नामको लागि, पूण्य कमाउनको लागि वा भनौँ पापहरणको लागि हाम्रा थुप्रै दाजुभाईहरुले मठ–मन्दिरमा भेटी (पैसा) चढाउनुभएको छ । हुनसक्छ; कुनै–कुनैले त ‘म कति धनी रहेछु’ भन्ने रवाफ देखाउनको लागि पनि लाखौँ भेटी अर्पण गर्नुभएको छ । यो कुरा मण्डलीमा पनि लागु भएको हुनसक्छ । हामी मण्डली निर्माणको लागि, प्रचारकहरुको लागि, असहायमा परेकाहरुको लागि साथै अन्य विभिन्न वहानामा चर्चमा भेटी उठाउछौँ; भेटी दिन्छौँ । यसरी जम्मा भएको भेटी वा अनुदान पनि भनौँ; धेरै रकम दिनेहरुको सम्मान र हौसला स्वरुप पुरस्कारको व्यवस्था गरिएको हुन्छ । उनीहरुलाई प्रमाण–पत्र दिइन्छ; ताम्रपत्र दिइन्छ; भवन निर्माण भएका ठाऊँहरुको शिलालेखमा उनीहरुको नाम कोपिन्छ ।
How can a young person stay on the path of purity? By living according to your word. (Psalm 119:9)