Skip to main content

Posts

Showing posts from August, 2014

उपत्यका

Tweet धरहराबाट धुलो र धुँवाको तुँवालोले छोपिएको सहरलाई हेरें । अनि सोचें– के यो सिमेन्टको घारीमा फूल फुल्न सक्छ ? के कतै फूल रोप्ने फूलबारी होलान् ? यो उपत्यका डाँकु र हत्याराको शरणास्थान भएको छ । चोरहरु यो सहरमा छिरेपछि लामो सास फेर्छन् । भीडहरुमाझ हिँड्दै जाँदा कति पल, ठोक्किएका छौं तिनीहरुसँग । तर कसले भन्न सक्छ– कि तिनीहरु हत्यारा थिए ? कसको निधारमा डाँकुको मोहोर लगाइएको छ र ? रक्तपातपूर्ण हात लिएर, अन्तरे दाई यही कतै विलिन भएकाछन् । उनले खुकुरीले छप्काएकाहरुको आत्मा खोलाहरु हुँदो अझै भड्किराख्दो हो । भेटियो भने, उसको दौराको फेरबाट, रगतको टाटा र गन्ध अझै हराएको छैन होला । हाय उपत्यका ! तिमी विष गर्भधारण गरिरहेछ्यौ । हुर्किरहेछन् साँप तिम्रो गर्भमा । तिम्रो घोर अन्धकार छत्रछाँयामा महिषासुर र गोल्यत खित्का छाडी हाँसिरहेछन् । (समाप्त) Leave your comments here!

मेरो पहिलो प्रेम

Tweet हरेक दिन मसँग रमाउने एउटा कारण छ सम्झन्छु तिम्रो अगापे प्रेम, मन मेरो रमाउँछ ।  मैले प्रेम गर्न अघि मलाई प्रेम गर्ने मेरो पहिलो प्रेमी येशू, बाटो हराएको म यात्रीलाई खोजी भेट्टाउने मेरो पहिलो प्रेमी येशू । मरुभूमीमा काँडाहरुले विझाउँदै आफैँलाई प्रेमको छहारी पाउने आशामा डुलिहिँडेछु, क्षणिक संसारको हराइजाने अभिलाषासँगै बनावटी हाँसोमा रमाउने कस्तो गल्ती गरेछु . विगतलाई भूलेर आज म आनन्दित छु, खुशी छु ख्रीष्टको असीम न्यानो प्रेमको अंगालोमा छुँदैनन् आज मलाई कुनै चोटले, दुःख–पीडाले विश्राम पाउँछु म, निको हुन्छु म क्रुसको फेदीमा । -----------------0---------------- Leave your comments here!

मेरो देशमा फूल फुलोस्

Tweet मेरो देश सदोम र गमोरा जस्तै  स्वर्गबाट आगो वर्षिएर भष्म पारिन योग्यको देश । जहाँ, खरानीको बादल सँधै मास्तिर गइरहन्छ । यहाँ,  फूल फुल्न गाह्रो छ । कोपिला फक्रिन नपाउँदै आफ्नो कुमारित्व गुमाउन बाध्य पारिन्छन् । यहाँ, सत्य सगरमाथाबाट डुल्दै–डुल्दै मधेशी फाँटमा आइपुग्दा पनि खुट्टा राख्ने ठाऊँ नपाएर फेरि आफ्नै ठाऊँमा फर्किन्छ । यहाँ, रुख ढालिन्छन् तर विरुवा रोपिँदैनन् । भित्ता र छानो भत्काइन्छन्, र फेरि जग बसालिँदैनन् । यहाँ, बग्ने पसिना विश्वभरिमा नै सबभन्दा सस्तो छ । हामीलाई हाम्रो आयु लामो र कठीन लाग्छ, किनकी, हाम्रो समय सस्तो छ । यहाँ, घाइते मान्छे छटपटाएको हेर्न हजारौं मानिस एकैछिनमा भेला हुन्छन्,  तर, घाइतेलाई उठाउने कोही हुँदैनन् । यहीँ नै हो मेरा देश जहाँ, ट्रकलाई ब्याक गरेर मान्छे मारिन्छ । यहाँ, बालबालिकाहरुको आशा टुटाइन्छ । वृद्ध–वृद्धाको लठ्ठी भँचाइन्छ । उनीहरुको वेदनाको करुण रुवाई कसै–कसैलाई मधुमासमा बज्ने प्रेमगीत जत्तिकै प्यारो छ । यहाँ, सुँगु...