कोशीको पानी यो जीन्दगानी सलल जाइजान्या हौ हजुर ! आमाको कोखमा बास मात्रै लिए नि, कुन देशको मरण हौ हजुर ! ‘नेपथ्य’को यहिँ गीतजस्तै एउटा जीवन देखेँ मैले । लियो टाल्सटायको ‘मानिसलाई कति जमिन चाहिन्छ ?’ नामक रुसी कथामा ‘प्याखोभ’लाई अन्तिममा उसलाई चाहिएको जति जमिन मिल्दछ, तर आफूलाई चाहिएको जति जमिन नपाएको जीवन पनि देखेँ मैले । उहाँलाई सबैले श्रीमाया आमा भन्थे, बडहरा बस्ने आमा भन्थे । म इटहरी बस्न थालेको समयदेखि नै उहाँलाई बेला–बेलामा चर्चमा सँगतिमा आउनुभएको देखेको थिएँ । उहाँ बलबुताले सकुन्जेल चर्च आउनुभयो, तर केही दिन अघि सदाको लागि अस्ताउनुभयो, सायद तुरहीको आखिरी आवाजसम्म ।
sumanjaba.blogspot.com
How can a young person stay on the path of purity? By living according to your word. (Psalm 119:9)